Daily Feature News : Feb 2008
Daily Feature News »
नाम जुराउँ न
- Achyut Koirala & Rekha Ojha
- Photo by Aabiskar Shrestha
एल्बम बजारमा ल्याउने त हो तर खै नाम जुराउन पो धौ धौ परिरहेको छ ! अहिलेका गायकहरुको प्रायः भनाइ यस्तै हुन्छ । हुन पनि हजारौँ एल्बम निस्किसकेका छन् र सयौँ एल्बम निस्कने क्रममा छन् । यस्तो अवस्थामा सबैलाई नाम कै टेन्सन !
नेपाली तारा भाग २ सम्पन्न भइसकेपछि र उनका प्रतिस्पर्धी जन्मिसकेपछि पनि नेपाली तारा १ दीपक लिम्बुलाई उति साह्रो टेन्सन छैन । किनभने उनले यसबीचमा आफ्नो खुट्टा जमाइसकेका छन् । उनले यसबीचमा गाएका चलचित्रका गीत पनि यति हिट भइसकेका छन् कि अब जतिसुकै ठूला प्रतिस्पर्धी आए पनि उनलाई डग्मगाउन निकै कसरत गर्नुपर्नेछ ।
त, यी प्रथम नेपाली ताराको नयाँ खबर चाहिँ नयाँ एल्बमको तयारी नै रहेको छ । यसका लागि उनले एउटा टीम पनि बनाएका छन्, संगीतकार महेश खड्का, उनी स्वयंको । गीत खोज्ने जिम्मा पनि संगीतकार खड्कालाई नै जिम्मा लगाएका छन् उनले ।
शम्भुजीत बासकोटा, सुरेश अधिकारीजस्ता प्रख्यात संगीतकारको धूनमा चलचित्रका लागि गाइसकेका यिनको ट्यूनिङ चाहिँ महेश खड्कासँगै बढी मिलेको छ । किन त ? "उहाँ मेरो अभिभावकजस्तो हुनुहुन्छ र मेरा हरेक काममा उहाँको सुझाव सल्लाह हुने हुनाले हाम्रो ट्यूनिङ मिलेको हो," लिम्बुले बताए- "यसको अर्थ अरुसँग नराम्रो भएको चाहिँ होइन ।"
हुन पनि उनले पहिलो पटकमै चलचित्र गायनमा खुट्टा जमाउन खड्काकै सहयोग रह्यो । "हिम्मत" चलचित्रका लागि गाएको "मैले त्यै भएर मन पराएको", निकै हिट भएपछि उनलाई चलचित्र गायनमा जम्न गाह्रो भएन ।
त्यसो त उनले भर्खरै चर्चामा आउन थालेका संगीतकारसँग पनि काम गरिसकेका छन्, जस्तो कि चेतन सापकोटा, वसन्त सापकोटा, हरि लम्साल आदि ।
चलचित्र गायनमा अहिलेसम्म पारिश्रमिकमा ठगिनु नपरेकोमा भाग्यमानी ठान्ने यी गायकले नयाँ एल्बम चाहिँ कस्तो निकाल्ने हुन्, र्सवत्र चासोको विषय बनेको छ ।
Daily Feature News »
|