Daily Feature News : Feb 2008
Daily Feature News »
सोनाम अब गायक
- Achyut Koirala & Rekha Ojha
- Photo by Aabiskar Shrestha
अहिले टेलिभिजनहरुमा सबैभन्दा हिट कार्यक्रम नै लाइभ कार्यक्रम हुन्, जसमा दर्शकको प्रत्यक्ष सहभागिता हुने गर्दछ । चाहे कल कान्तिपुरको कुरा गर्नुस् या म्युजिक अफ योर च्वाइस् अथवा डायल दी नम्बर नै किन नहोस् ।
कुरा त डायल दी नम्बरकै गरौँ, जहाँ हरेक दिन सोनाम नेपाल टेलिभिजनको मेट्रो च्यानलमा हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म लाइभ टेलिफोन कुराकानी गर्दै तपाइँले रुचाएको गीतिभिडियो बजाउने गर्दछन् ।
अब नयाँ खबर सुन्नुस्, यिनै भिजे अब गायक बन्ने भएका छन् । साइबरसंसारसँग उनले भने- "आफूलाई गायनमा पहिलेदेखि नै रुचि थियो । अब मेरो गायन रुचिलाई आमजनतासम्म पुर्याउने सही समय आइपुग्यो भन्ने मलाई लागेको छ ।"
अहिले उनका गीतहरु चर्चित गायक तथा संगीतकार जेम्स प्रधानको रेकर्डिङ स्टुडियो म्युजिक वर्कमा रेकर्ड भइरहेका छन् । आउँदो महिनाभित्र बजारमा ल्याउने तयारी गरिरहेका सोनामको एल्बममा ८ गीत छन् । त्यसो त उनले आफ्नो एल्बमलाई पृथक् रुपमा उभ्याउने प्रयास नगरेका होइनन्, तर तपाइँले उनको एल्बममा सुन्न पाउने गीतहरु चाहिँ पप, र्याप, मेलोडी सबै किसिमको खिचडी बनाएका छन् ।
मिडिया म्यान भएका कारण उनलाई आफ्नो एल्बम कसरी चल्छ भन्ने राम्रैसँग थाहा छ । त्यसैले यसमा सुगम पोखरेल, मोहित मुनाल, प्रमोद निर्वाण र विवश पौडेलका गीत/सङ्गीतलाई राम्रैसँग उपयोग गरेका छन् ।
उनी गाउने मात्र होइन, म्युजिक भिडियोसमेत बनाउने गर्दछन् । जिएक्स सोल र सुरज वर्डका म्युजिक भिडियो बनाइसकेका उनले रामचन्द्र काफ्ले र अनील सिंहका गीतहरु सम्पादन भइरहेका छन् ।
उनी निर्देशनमा जम्न चाहन्छन् कि गायकका रुपमा ? भन्ने साइबरसंसारको प्रश्नमा सोनामले मुस्काउँदै भने- "म बेस्ट सिंगर बन्न चाहन्छु ।"
हाम्रो शुभकामना !
Daily Feature News »
|