Daily Feature News : Feb 2008
Daily Feature News »
ऊर्जा आतङ्कमा फिल्म सेलिब्रिटीहरु
- Rekha Ojha
- Photo by Aabiskar Shrestha
हिजो साँझ महाराजगञ्जस्थित हट ब्रेड क्याफेमा पेटको आगो निभाउने विचारले छिरेँ । लोडसेडिङका कारण हट ब्रेड, कोल्ड देखिन्थ्यो अँध्यारोका कारण । शुरुमा लस्सी मगाएँ ।
"बत्ति छैन दिदी कसरी बनाउनु -" वेटरको स्वरमा उदासी थियो ।
त्यसपछि विकल्पको रुपमा स्प्राइट खाने विचार आयो- "भाइ स्प्राइट छ -"
"बजारमै हाहाकार छ । डिजेल नपाइएका कारण कम्पनीले ल्याइदिएको छैन", उसको सरल जवाफ थियो ।
"उसो भए लेमन टी भए पनि हुन्छ", छैन छैन भन्ने सुन्दासुन्दै दिक्क लागेर मैले अन्तिम विकल्प बताएँ ।
"बजारमा एउटा कागतीको १५ रुपियाँ पर्छ अनि लेमन टी कसरी बनाउने - त्यो पनि सम्भव छैन," उसको जवाफपछि त म झनै छक्क परें ।
अब मलाई यसभन्दा बढी अर्डर गर्ने आँट आएन । एउटा सानो कुराका लागि त यहाँ यति धेरै समस्या छन् भने ठूल्ठूला आवश्यकता बोकेर हिँड्ने हाम्ा चलचित्र निर्माता, निर्देशक, गायक, कलाकारहरुलाई त झन् के बितिरहेको होला ! उनीहरुको आवश्यकताको चिन्ताले आधा सुकिसकेपछि मैले उनीहरुलाई फोन गर्ने निधो गरेँ ।
उनीहरुले टेलिफोनमा आफ्नो समस्या यस्तो बताए-
पेट्रोल नभएर भयङ्कर असर परेको छ, भनेको ठाउँमा पुग्न सकेको छैन । सिनेमाको काम सक्नका लागि बालाजु ल्याबसम्म पनि पुग्न नसकेर काम सबै रोकिरहेको छ ।
- दिपक श्रेष्ठ -निर्देशक)
देशका सबै जनतालाई असर पारेको छ , त्यो मध्ये म पनि नेपालको एक नागरिक हुँ ।
- दिपक लिम्बु -गायक, नेपाली तारा)
अरुको तुलनामा कमै परेको छ, र्सार्वजनिक साधनमा हिड्ने भएकोले होला, साधन नभए पनि पैदल हिड्न खास्सै गाह्रो छैन् ।
- महेश खड्का -संगीतकार)
ध्वस्त बनाएको छ । के के न गरुँला भनेर भर्खर रेष्टुराँ खोलेको थिएँ तर एउटा पार्टर्ीीलाउन १० लिटर पेट्रोल चाहिन्छ । पेट्रोल नै नपाइने देशमा १० लिटर पेट्रोल - अब त्यो संभव होला त -
- निर्मल शर्मा -निर्माता, कलाकार)
एकदमै परेको छ । भनेको ठाउँमा इन्टरभ्यू दिन जान पाइँदैन । ट्याक्सीको पनि भाडा बढेर छोइसक्नु छैन । पत्रकार साथीहरु रिसाइसके ।
- नन्दिता केसी -नायिका)
विहान ४ बजेदेखि भद्रकालीमा पेट्रोलकै लाइनमा बसिरहेको छु, अहिलेसम्म पालो नै आएको छैन् । यत्रो आठ घण्टा काम गरेको भए अरु देशमा डलर कमाइसकिन्थ्यो, यहाँ चैँ क्यै न क्यै !
- योगेश घिमिरे -निर्देशक)
एकदमै समस्या, किन कि मेरो फिल्म "हामी साथी भाइ" भर्खरै रिलिज भा'छ तर पेट्रोल नभएका कारण दर्शकहरु हलसम्म आउन सकेका छैनन् भने बत्तीका कारण हलमा दुइ शो नै चलाउन सकेको छैन ।
- दिलीप रायमाझी -नायक, निर्माता)
अत्यन्तै असर परेको छ तर मैले त पेट्रोलको हाहाकार मच्चिनु भन्दा पहिलानै स्टक राखेकोले गर्दा सुटिङलाई चाहि खासै असर परेको छैन् ।
श्याम भट्टर्राई -निर्देशक)
मलाई मात्र हैन, देशका सबै जनतालाई असर पारेको छ भेटघाट रोकिएका कारण हाम्रो श्रृजना नै रोकिरहेको छ ।
- आलोकश्री -संगीतकार)
Daily Feature News »
|