News & Gossip »News & Gossip
Share |
डिमाण्ड कुखुरे कपालको
15 June 2008-Sunday
-Achyut Koirala

त्यसो त विवश पौडेललाई चिन्नेहरुको कमी नै छ । किनभने उनको पहिलो एल्बम "फेस" उनले सोचेजति सफल हुन सकेन । कम्पनीले पनि गरे जति बाचा पूरा नगरेको भन्ने गुनासो उनको छँदैछ । यस्तो अवस्थामा उनले अर्को कम्पनीबाट आफ्नो दोस्रो एल्बम निकाल्ने तयारी गरिरहेका छन् ।

यी त भए उनको गायन पक्षको कुरा । अब गरौँ उनको व्यवसायिक पक्षको कुरा । यिनले हालै एरेञ्जरको नयाँ भूमिका निभाउन थालेका छन् । कम्पनीहरु एल्बम ननिकाल्ने मूडमा रहिरहँदा गायनमा लागेकाहरु एल्बमभन्दा यसको प्राविधिक कामतिर तानिएका छन् । र, उनी पनि यसको अपवाद छैनन् । उनले एरेञ्ज गरेका केही गीत अब बजारमा चाँडै आउने तयारीमा छन् ।

पहिलो एल्बम "फेस"को भिडियोमा उनले आफ्नो सामान्य फेस (अनुहार) देखाएका थिए । तर उनको त्यो फेसको चर्चा भएन । अब भने आफ्नो चर्चा अलि चुलियोस् भनेर नयाँ भिडियो बनाउने तर्खरमा छन् र त्यसका लागि आफ्नो कुखुरे शैलीको कपालको सहयोग लिने भएका छन् ।

"मेरो कपाललाई यूनिक भनेर रुचाउनेको संख्या दिनदिनै बढेको छ", साइबरसंसारसँग कुरा गर्दै विवशले भने- "तर गर्मीमा यो कपालले उत्तिकै सास्ती दिएको छ । तर यस्तो विचित्रको कपाललाई मेरो एउटा भिडियोमा मोडलिङ गराउने रुचिका कारण ती सबै सास्ती सहेको छु ।"

भिडियोमा यो कपाललाई मोडलिङ गराइसकेपछि चाहिँ उनले आफूलाई यस्तो प्रचण्ड गर्मीमा सास्ती दिने कपाललाई जरैदेखि निमिट्यान्न पार्ने सोचाईमा छन् । तपाइँ पनि उनको यो कुखुरे कपालको एक पटक दर्शन गरिहाल्नुस् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.